धरान १४ का वडाध्यक्षद्वारा स्वास्थ्य केन्द्रलाई कोरोना स्वास्थ्य सामग्री प्रदान

धरान । धरान उपमहानगरपालिका वडा नं. १४ का वडाध्यक्ष कृष्ण भटटराईले वडाबासीको स्वास्थ्य सुरक्षाको चिन्ता लिँदै एकल पहलमा तीन लाख बराबरको स्वास्थ्य सामग्री ल्याएका छन् ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेका वडाबासीको स्वास्थ्य सुरक्षाका लागि उनले राम्रो कामको सुरुवात गरेका हुन् । आज शनिबार उनले ३ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

धरान उपमहानगरपालिका १४ नम्बर वडा कार्यालयले आधारभूत स्वास्थ्य केन्द्र धरान १४ लाई ३ लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । खरिद गरिएका स्वास्थ्य सामग्रीहरु आज वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले आधारभूत स्वास्थ्य केन्द्रका ईञ्चार्ज चन्द्रकला राईलाई हस्तान्तरण गरेका थिए ।
स्वास्थ्य सामग्रीहरुमा दुई वटा अक्सिजन कन्सिन्टेटर, एउटा नेबुलाइजर मेसिन, अक्सिजन मापन यन्त्र पल्स अक्सिमिटर, मास्क, ज्वरो नाप्ने थर्मोमिटर, कोरोना संक्रमण भएको कोठा वरिपरी सेनिटाईजर गर्ने स्टिम गन लगायतका रहेका छन् ।

कार्यक्रममा वडाध्यक्ष भट्टराईले वडामा कोरोना संक्रमितका बिरामी बढ्दै जाँदा अस्पतालमा सहज तरिकाले उपचार नहुञ्जेलसम्मका लागि प्राथमिक उपचार गर्न वडावासीले घरैमा सेवा पाउन सकुन् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री खरिद गरेको बताए ।
उनले अक्सिजन दिनुपर्ने अवस्थामा पुगेको कोभिडका बिरामीलाई दुई वटा अक्सिजन कन्सिन्टेटरबाट बिरामीलाई घरमै गएर अक्सिजन दिन सकिने व्यवस्था गरिएको समेत बताए ।









