‘मंसिरदेखि पर्यटकीय गतिविधि खुल्ला गरिन्छ’ पर्यटन मन्त्री भट्टराई

ताप्लेजुङ । आगामी मंसिरदेखि सम्पूर्ण किसिमका पर्यटकीय गतिविधि खुला गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले बताएका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका २ मा स्थित काँगेलडाँडा विमानस्थलको स्थलगत निरीक्षणका क्रममा मन्त्री भट्टराईले कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गर्दै मंसिरदेखि पर्यटकीय गतिविधि सञ्चालन गर्ने बताएका हुन् ।

शुक्रबार मन्त्री भट्टराईले सन् २०२१ लाई नेपालको पर्यटनको पुनरागमन वर्षका रुपमा अघि बढाइने समेत बताएका छन् । साथै त्यसका लागि कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आ–आफ्नो क्षेत्रमा सक्रिय बन्नुपर्नेमा सबैलाई आग्रह पनि गरे । ‘सन् २०२१ लाई पर्यटन पुनरागमन वर्षका रुपमा बनाउन तपाईं हामी सबैले कोरोनाबाट बचेर काम गर्नुपर्छ, सावधानी अपनाएर अगाडी बढौं ।’ मन्त्रीले भने ।

मन्त्री भट्टराईले मङ्सिरदेखि काँगेलडाँडा विमानस्थल पुनःसञ्चालन गर्ने पनि जानकारी दिए ।

गत पाँच वर्षदेखि बन्द सो विमानस्थल सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी साताको एक दिन भए पनि उडान शुरु गरिने मन्त्री भट्टराईको भनाई छ ।

निरिक्षणका क्रममा सङ्घीय सांसद हेमकुमार राई ‘सुरवीर’ले आफूहरुको लामो प्रयासपछि मन्त्रीको निरीक्षणको भएकाले अब विमानस्थलको स्तरोन्नति हुने विश्वास व्यक्त गरे ।

प्रदेश १ का नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक बुद्धीकुमार राजभण्डारीले तीनै तहको सरकारको अनुदानबाटै भएपनि विमानस्थललाई नियमित सञ्चालन गर्नुपर्ने बताएका थिए ।

 

प्रतिक्रिया