कोरोना देखाएर कांग्रेसको महाधिवेशन सार्न नहुने सचेतक कार्कीको भनाई

काठमाडौं । अमेरिका जस्तो विश्वकै सबैभन्दा बढी कोरोना प्रभाबित मुलुकमा राष्ट्रपतीय निर्बाचन सफल भएको भन्दै नेपालमा काँग्रेस महाधिवेशन गर्न नसकिने भन्ने हुनै नसक्ने नेपाली काँग्रेस प्रदेश नम्बर १ का प्रमुख सचेतक केदार कार्कीले बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता कार्कीले काँग्रेसले १४ औं महाधिवेशन सार्ने छलफल गरेर पछि सार्ने निर्णय गरेमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना देखाएर आम निर्वाचन सारे बिरोध गर्ने नैतिकता समेत गुमाउने तर्क गरेका छन् ।

‘कहिँ ओलीले कोरोना देखाएर आम निर्वाचन सारे बिरोध गर्ने नैतिकता हुन्छ ? नेपाली काङ्ग्रेस पदाधिकारी तथा के स ज्युहरु लाई प्रश्न ।’ कार्कीले भनेका छन् ।

हेर्नुहोस् कार्कीको स्टाटस

कोरोनाले सबैभन्दा बढी मृत्यु हुने अमेरिका जहाँ राष्ट्रपतिको निर्वाचन सम्पन्न भो, भारतको बिहार राज्यको निर्वाचन र विभिन्न स्थानमा उपनिर्वाचन भैरहेको छ । हाम्रा प्रवक्ता अमेरिका पर्यवेक्षण गर्न जानू भको छ, यता हाम्रो लोकतान्त्रिक पार्टीमा अधिबेशन सार्ने बहस गर्दैछ्न् ! के संसारमा राज्यका कृयाकलाप रोकिन्छ ? कहिँ ओलीले कोरोना देखाएर आम निर्वाचन सारे बिरोध गर्ने नैतिकता हुन्छ ? नेपाली काङ्ग्रेस पदाधिकारी तथा के स ज्युहरु लाई प्रश्न । के को पुच्छर काटि ओलिलाई सजिलो

प्रतिक्रिया