वीपी प्रतिष्ठानमा १४ वर्षिय बालकसहित ७८ वर्षीय बृद्धाको मृत्यु

धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानमा गएराती र आज विहान गरी दुई कोरोना संक्रमितको मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उदयपुरको कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धाको उपचारको क्रममा मृत्यु भएको हो ।

कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक १६ गते भर्ना भएका थिए । क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट समेत ग्रसित रहेका उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको डा. श्रेष्ठले बताए ।

यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार राति ११ बजे मृत्यु भएको छ । साइकियाट्रिक सम्बन्धी समस्याबाट ग्रसित वृद्धामा कात्तिक २० गते संक्रमण पुष्टि भएको थियो । अस्पताल भर्ना भएकै दिन राति ११ बजे उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिक्रिया