रिलायन्स लाइफले उठायो ४८ करोड बीमा शुल्क, ३ महिनामा नाफा ३ करोड

काठमाडौं । रिलायसन्स लाइपफ इन्स्योरेन्स कम्पनीले ३ महिनामा ४८ करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीले ६३ करोड रुपैयाँ बराबरको आइपीओ केही समय अघि निष्काशन गरेको थियो ।
कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ३९ करोड रुपैयाँ छ ।

पहिलो ३ महिनामा रिलायन्सले ३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीको नाफा १ करोड ८५ लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीले हालसम्म २ अर्ब ७२ करोड ४१ लख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । पहिलो ३ महिनामा कम्पनीले ४ हजार एक सय ३८ वटा नयाँ बीमालेख बिक्रि गर्न सफल भएको हो । कम्पनीको प्रति सेयर नेटवर्थ १९.१५ रुपैयाँ र प्रति सेयर आम्दानी ५.७३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया