राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आज (बिहीबार) राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी हुन् ।

उक्त समारोहमा प्रधान सेनापति, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो । समारोह पश्‍चात् राष्ट्रपतिसँग नरवणेले शिष्टाचार भेट गरेकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।

हिजाे (बुधबार) नेपाल भ्रमणमा आएका नरवणे भोलि (शुक्रबार) स्वदेश फर्कने छन् ।

प्रतिक्रिया