शेयर बजार घट्यो, २ अर्ब ८४ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम दिन आज शेयर बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज शेयर बजार ४.४७ अंकले घटेको हो ।

०.२७ अंकले बजार घट्दा नेप्से परिसूचक १६३६.१७ अंकमा झरेको छ ।

२ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपियाँ बराबरको आज कारोबार भएको छ ।

प्रतिक्रिया