दुई मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोली आज (बिहीबार) बंगलादेश प्रस्थान गरेको छ । दुई मैत्रीपूर्ण खेलका लागि ३४ सदस्यीय नेपाली फुटबल टोली हिमालयन एयरलाइन्समार्फत् बिहान बंगलादेशको ढाका प्रस्थान गरेको हो ।

टाेलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, बिमल राना, बिशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की,  जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ रहेका छन् ।

यस्तै पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवान, सरोज दाहाल, सेसेहाङ आङदेम्वे, सुभास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ पनि टोलीमा छन् ।

बंगलादेशसँग यही नोभेम्बर १३ र १७ तारिखमा ढाकामा हुने मैत्रीपूर्ण खेलका लागि टाेली त्यहाँ गएकाे हाे । उनीहरू करिब एक साता होटेल क्वारेन्टिनमा बस्नेछन् । काेराेना रिपाेर्ट नेगेटिभ आएमा मात्रै नेपालले प्रशिक्षण गर्ने अवसर पाउनेछ ।

प्रतिक्रिया