युनाइटेड इदी मर्दीले कार्तिक २७ बाट आईपिओ निष्काशन हुने, कति कित्ता भर्ने ?

काठमाडौं । युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले कार्तिक २७ गतेबाट आईपिओ निष्काशन गर्ने भएको छ । युनाइटेडले प्रति शेयर अंकित मूल्य १०० रहेको ८ लाख ७३ हजार ९ सय १० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।

जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई निष्काशन गरिएको छ ।

बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस आयोजना प्रभावित स्थानीयको लागि ४ लाख २० हजार कित्ता आईपिओ निष्काशन गरेकोमा १ लाख ७६ हजार ९० कित्ताको लागि मात्र आवेदन परेको थियो । स्थानीयलाई निष्काशन गर्दा बिक्रि नभएको शेयर समेत जोडेर सर्बसाधारणलाई निष्काशन हुन लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ । उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया