नेइमार र एम्बाप्पे बिना लाइप्जिगसँग पीएसजीको हार
२०७७ कार्तिक २० गते

काठमाडौं । यूइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजी जर्मनी क्लब आरबि लेइपजिंगसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा आरबि लेइपजिंगले पिएसजीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
लेइपजिंगको जितमा क्रिस्टोफर नकुनकु र एमिल फोर्सबर्गले एक एक गोल गरेका थिए भने पिएसजीका लागि एन्जल डी मारियाले एक गोल गरेका थिए । डी मारियाले खेलको १६औ मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए ।
यस खेलमा पिएसजी इन्जुरीका कारण नेइमार र किलियन एम्बाप्पे बिना नै खेलेको थियो । यस खेलमा पिएसजीका इड्रीसा गुएयेले ६९औ मिनेटमा र पर्सनल किमपेम्बेले ९५औ मिनेटमा रातो कार्ड पाएका थिए ।
यो जितपछि आरबि लेइपजिंगको ३ खेलमा ६ अंक भएको छ भने पिएसजीको ३ खेलमा केबल ३ अंक रहेको छ । समुह एचमा म्यानचेस्टर युनाइटेड ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
२०७७ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








