१ लाख २१ हजार नगदसहित ८ जुवाडे पक्राउ

चितवन । चितवनबाट १ लाख २१ हजार ४२५ नगदसहित आठजना जुवाडे पक्राउ परेका छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित लंकुको ब्याम्बो कटेजमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो ।

पक्राउ परेका सबैलाई हिरासतमा राख्‍न अनुमति लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया