आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्त २३ वर्ष पछि पक्राउ

ललितपुर । आफ्नै सहकर्मीको हत्या गरी फरार अभियुक्त पक्राउ परेका छन् । रामेछाप खाडदेवी गाउँपालिका–५ घर भई ललितपुर महानगरपालिका–५ थसीखेल महालक्ष्मीस्थान बस्ने ध्रुव भन्ने ४७ वर्षीय मानकाजी श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

२०५४ कात्तिक १६ गते काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित निर्माणेश्वर मन्दिर नजिक काभ्रे पनौती घर भएका सहकर्मी १८ वर्षीय श्याम खड्काको हत्यामा संलग्न रही फरार रहेका श्रेष्ठको नाममा काठमाडौं जिल्ला अदालत बबरमहलबाट २०७४ कात्तिक २८ गते वारेण्ट जारी भएको थियो ।

फरार रहेका श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले ललितपुर महानगरपालिका–५ थसीखेलबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

प्रतिक्रिया