ग्लोकल टीन हीरो मार्फत छात्रवृत्तिको अवसर, आवेदन दिने समय नोवेम्बर १४ सम्म

काठमाडौं । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो’, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो ।

यस मञ्च मार्फत किशोर किशोरीहरुमा भएको उत्साह, रचनात्मक र सुरुवातको चाहनाको पहिचान गरी राष्ट्रको अन्य किशोर किशोरीहरुलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्छ ।

यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ । यतिमात्र नभएर उनीहरुमा उद्यमशील सोच बिकास गर्नु एवं रचनात्मक सुरुवातको लागि थप उर्जा प्रदान गर्नु पनि यस कार्यक्रमको लक्ष्य हो । यस वर्ष ग्लोकल टिन हिरो नेपाल भर्चुअल रुपमा डिसेम्बर १२, २०२० मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत घोषणा गरिनेछ ।

ग्लोकलले देशभरका किशोरकिशोरीहरूबाट अधिख संख्यामा आवेदनहरू प्राप्त गरिरहेका छ र उनिहरुले नबिनतम कार्यहरुमा प्रभावकारी सोच लिएर समाज तथा राष्ट्रको हितका लागि अग्रसर देख्दा ग्लोकल हर्सित रहेको कुरा आयोजकले बताएका छन। आवेदन प्राप्त पहिलो चरणमा कुल आबेदनहरुलाई अन्तरबार्ता र दस्ताबेजको आधारमा ग्लोकल २० अन्डर २० को घोषणा गरिने छ । त्यसपछि उनीहरुको कामको सुरुवात र प्रभावको आधारमा उत्क्रिस्थ ६ को छनोट हुनेछ र अन्तिम चरणमा ६ जनाको व्यक्तित्व मापदण्ड, डोमेन ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्वाता हुने छ र २०२० को बिजेता घोषणा गरिने छ ।

देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न सँगसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन । विजेताहरू मात्र नभएर, मान्यता प्राप्त २० अन्डर २० किशोरकिशोरीहरु तथा फाइनलिस्टहरूलाई उनीहरूको शैक्षिक यात्रालाई सहज र समर्पणको साथ अगुवाई गर्न छात्रवृतिको अवसर प्रदान गरिनेछ ।

ग्लोकल टीन हीरो किशोरकिशोरीहरुका लागि अवसरहरू अन्वेषण गर्ने प्लेटफर्म हो । उनिहरुले ग्लोकल टीन हीरो परियोजनाका साझेदार भएका प्रमुख शैक्षिक संस्थाहरूबाट शैक्षिक यात्राको नेतृत्व गर्ने अवसरहरू पनि लिन सक्छन् । विभिन्न साझेदारहरू र सहयोगीहरू जीटीएच नेपालसँग सम्बन्धित छन् ।

यो छात्रवृत्तिहरु मार्फत उदीयमान र महत्वाकांक्षी किशोरकिशोरीहरुलाई एक सकारात्मक दृष्टिकोण को बिकासगरी उनिहरुमा क्यारियर लक्ष्यहरुलाई प्राप्त गर्न मार्गनिर्देशन गर्ने पनि लक्ष्य रहेको छ । जसका लागि ग्लोकलले चेल्सि इन्टरनेष्नल स्कुल, किग्ंस कलेज तथा दि ब्रिटिश कलेजबटा बिभिन्न तहका छात्रवृति उपलब्ध गराउने भएको छ ।

किशोर किशोरीहरुलाई आउँदो दिनमा उनीहरूको शिक्षा सपनाहरुमा बाँच्न एक निश्चित प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ र उनीहरूको विकास समृद्धि गर्न प्रशस्त अवसरहरू प्रदान गर्ने पनि कार्यक्रम को मुख्य उद्देस्य रहेको आयोजकले बताएका छन ।

ग्लोकलका कार्यकारी निर्देशक आशिष ठाकुरले भने –“शैक्षिक क्षेत्रमामात्र अब्बल नभएर सामाजिक रुपान्तरन एवम प्रभाबकारी काम गर्ने किशोरकिशोरीहरु ग्लोकल टीन हिरोमा अवेदन दिन योग्य रहन्छन । यद्यपि हामी उनीहरूको शैक्षिक यात्रालाई अधिक व्यावहारिक र सीपमूलक बनाउन छात्रवृत्ति प्रदान गर्ने कुरामा साकारात्मक छौ ।”

ग्लोकल टीन हीरोको पाँच बर्षदेखि धेरै किशोरकिशोरीहरू यस कार्यक्रमको हिस्सा बनेका छन् र उनीहरूले प्राप्त गरेका सीपहरूको उपयोग गरेर विभिन्न अभियानहरू, परियोजनाहरू सहित समाज र देशमा ठूलो प्रभाव सिर्जना गर्न स्थायी रूपमा काम गरिरहेका छन् । ग्लोकल टीन हीरो परियोजना किशोर किशोरीहरूको लागि एक विशेष अवसर हो ।

विविध क्षेत्रमा आफ्नो कौशलता दर्साएका प्रतिभावान किशोर किशोरिहरुले  https://nepal.glocalteenhero.com/ मार्फत आबेदन भर्न सक्ने छन । आवेदन भर्ने अन्तिम मिती नोवेम्बर १४ भनी घोषणा गरिएको छ ।

प्रतिक्रिया