बुधबार सामान्य अंकले घट्यो शेयर बजार, १ अर्ब ७५ करोडको कारोबार

काठमाडौं । शेयर बजारमा (आजं) बुधबार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.३९ अंकले घटेर १६४०.६४ मा पुगेको छ । नेप्से ०.१५ प्रतिशतले घटेको हो ।

कारोबार भएका २ सय २ वटा कम्पनीको ५६ लाख ३१ हजार ६ सय ४ कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ७५ करोड ७४ लाख ५९ हजार ९ सय ५ रुपैयाँको कारोबार भएको छ ।

 

प्रतिक्रिया