राष्ट्रिय ‘युवा उद्यमी’ सम्मेलन २०२०

काठमाडौँ । समृद्धि स्कुल/कलेज तथा विशाल फाउन्डेसनको संयुक्त आयोजनामा राष्ट्रिय ”युवा उद्यमी” सम्मेलन २०२० सञ्चालन हुने भएको छ । युवा तथा विद्यार्थीहरूको लागि उद्यमशीलता प्रवर्द्धन तथा सीप विकासमा प्रेरित गर्ने उद्देश्यले कार्तिक २० गतेदेखि उक्त कार्यक्रम सञ्चालन हुने भएको हो ।

कार्यक्रम दिउँसो १ः३० बजे देखि ४ः३० सम्म कार्यक्रम वेबिनार मार्फत निःशुल्क सञ्चालन गरिँदै छ ।

उक्त कार्यक्रममा सहभागी हुनका लागि यो https://forms.gle/3LZQtiQSeiMnKuTR8 लिङ्क मार्फत रजिष्टर गरी सहभागी हुन सकिने व्यवस्था गरिएको छ ।

यो कार्यक्रम उच्च माध्यमिक तह तथा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूका लागि प्रभावकारी र केन्द्रित रहन जनाइएको छ ।

कार्यक्रम पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्य तथा विशेष अतिथि बाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालको उपस्थितिमा कार्यक्रमको समुद्घाटन हुने छ ।

उक्त कायक्रममा अन्तर्राष्ट्रिय प्रेरक वक्ताको रूपमा मानुषी अग्रवाल, दराज नेपालका पूर्व कार्यकारी निर्देशक राजीव अमात्य, स्किल ल्याबका संस्थापक नन्द किशोर मण्डल, आईएमई ग्रुपका कार्यकारी निर्देशक हेमराज ढकाल, देउराली जनता फर्मास्यूटिकल्स संस्थापक तथा कार्यकारी निर्देशक हरि भक्त शर्मा, तथा आर्ट पसःका सह संस्थापक उज्ज्वल श्रेष्ठको पनि आतिथ्य रहने छ ।

यस्तै कार्यक्रममा नेपालका अन्य चर्चित उद्यमीहरूको पनि सहभागिता रहने छ । उक्त कार्यक्रमका सुरुका चार दिन अतिथिहरूले उद्यम सम्बन्धी आफ्ना अनुभव तथा कथा व्यथा प्रस्तुत गर्नेछन् । पाँचौँ दिनमा सहभागीहरूको कार्यशाला तथा अन्तर्मूल्याङ्कन प्रस्तुत गरिनेछ ।

 

प्रतिक्रिया