शेयर बजार बढ्यो

काठमाडौँ । लगातार दुई दिन घटेको शेयर बजार आज भने बढेको छ । आज भने ५.४० अंकले शेयर बढेको हो । ०.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १६४३.०३ अंकमा उक्लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज १ सय ९८ कम्पनीका ७७ लाख ५७ हजार ३ सय ५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २३ करोड ७९ लाख ६४ हजार ५ सय ७२ रुपियाँ बराबरको कारोबार भएको छ ।

आज बैंकिङ समूह र विकास बैंक समूह मात्रै राताम्मे भएका छन् । बाँकी समूहमा हरियाली छाएको हो ।

 

प्रतिक्रिया