कार्तिक २६ गतेदेखि माउन्टेन इनर्जीको आईपीओ आउदै

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको आईपिओ कार्तिक २६ गतेदेखि सर्वसाधारणका लागि निष्काशन हुने भएको छ । माउन्टेन इनजीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता प्राथमिक शेयर निष्काशन गर्न लागेको हो ।

कुल मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ । ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । भने, बाँकी रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले मंसिर २ गतेदेखि मंसिर १० गतेसम्म आवेदन दिन सक्ने छन् ।

कम्पनीले म्याग्दीको निलगिरी खोलामा ३८ मेगावाटको आयोजना र मिस्ट्री खोलामा ४२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया