प्रहरी आचार संहिता २०७७ सम्बन्धी अनुशिक्षण
२०७७ कार्तिक १७ गते

काठमाडौँ । अनलाइन प्रविधिद्वारा सञ्चालित प्रहरी आचार संहिता २०७७ सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम शुरु भएको छ ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्सद्वारा सोमबार अनुशिक्षण कार्यक्रमको शुरु गरेका हुन् ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आचार संहिता सबै प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने बताए । प्रहरी कर्मचारीको आचरण तथा व्यवहार सदैव सेवाग्राही मैत्री हुनुपर्नेमा उनको जोड थियो ।
अनुशिक्षण कार्यक्रममा विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक ८ जना र प्रहरी निरीक्षक २५ जना गरी जम्मा ३३ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो ।
२०७७ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित









