प्रदेश १ कोरोना अपडेट : आज ४४९ जना डिस्चार्ज हुँदा २५९ सङ्क्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज (सोमबार) २५९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीमा ९२, मोरङमा ८०, झापामा ६१, उदयपुर, ते¥हथुम, सङ्खुवासभा, इलाम र ओखलढुङ्गामा २–२, धनकुटा, भोजपुर र ताप्लेजुङ १–१ र प्रदेश १ बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको धरानमा ५६, इटहरीमा १७, कोशी गाउँपालिकामा ११, दुहबी र इनरुवामा २–२, देवानगञ्ज, भोक्राहा, बराहक्षेत्र र रामधुनी १–१, मोरङको विराटनगरमा ३७, सुनबर्षीमा ७, कटहरी र रंगेलीमा ६–६, सुन्दरहरैचा ५, कानेपोखरीमा ४, लेटाङमा ३, रतुवामाईमा २, उर्लाबारी, केराबारी, धनपालथान, जहदा, बुढीगंगा, पथरीशनिश्चरे र ग्रामथानमा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको बिर्तामोडमा १४, दमकमा १२, कनकाईमा ११, अर्जुनधारामा ५, शिवसताक्षीमा ४, मेचीनगर र कमलगाउँपालिकामा ३–३, बुद्धशान्तिमा २, भद्रपुर र गौरीगञ्ज, बा¥हदशी र झापा गाउँपालिकामा १–१, र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका १–१, तेह्रथुमको छथर र म्याङलुङमा १–१, संखुवासभाको सभा पोखरी र स्थानीय तह नखुलेका १–१, इलामको सूर्योदय र स्थानीय तह नखुलेका १–१ र ओखलढुङ्गाको मानेभन्ज्याङ र स्थानीय तह नखुलेका १–१, धनकुटाको पाख्रिबासमा १, भोजपुरको साल्पासिलिछोमा १, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका १३ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७९१ पुगेको छ ।

प्रदेश १ मा आज ४४९ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ४१५, मेची अस्पतालबाट २, कोभिड १९ आइसोलेसन अस्पताल गोठ गाउँबाट १७, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र होटल एशियाटिक आईसोलेसनबाट १–१, इटहरी आइसोलेसन केन्द्रबाट १३ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५४७ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार २७२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ९९ महिला र १६० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया