कोरोना अपडेट : २९३३ नयाँ संक्रमित थपिए, ३१५० जना डिस्चार्ज, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कूल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण देशभर थप २४ जनाको मृत्यु भएसँगै कूल मृतकको संख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै देशभर १ लाख ३७ हजार ९९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएका हुन् ।

देशभरका प्रयोगशालाहरुमा हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर दुई हजार ११९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

हाल देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया