किशोर प्रधान द्वारा उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा

काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि सोमबार किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन्।

काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा आफू २८ वर्ष यता उद्योग वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले आफू पुजारी बनेर पूजा गर्नका लागि उम्मेदवारी घोषणा गरेको उनले बताए।

प्रधानले सबै व्यावसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास प्रधानले व्यक्त गरे।

आफूलाई भावि अध्यक्ष शेखर गोल्छाको समेत साथ रहेकोले उनको कार्यकाललाई सफल बनाउन पनि उनले रोजेको समूह नै अगाडि आउने विश्वास गरेका प्रधानले देशको अर्थतन्त्र जोगाउनका लागि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने समेत बताए।

उनको समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन्। भने,प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको समेत साथ रहेको छ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड १९ का कारण स्थगित भएको महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ।

प्रधान समूहले सोमबार नै महासंघमा आफ्नो उम्मेदवारी समेत दर्ता गराउँदैछ ।

प्रतिक्रिया