विराटनगरमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगरमा दुई जना कोरोना भाइरस संक्रमित पुरुषक मृत्यु भएको छ ।

एक जना कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र र अर्का एक जना नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका ३ का ७० वर्षीय वृद्धको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचारको मृत्यु भएको अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनका अनुसार कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई कोभिड अस्पताल भर्ना गरिएको थियो ।

त्यस्तै नोबेल शिक्षण अस्पतालमा उपचारत झापाको दमक नगरपालिका–२ का ७२ वर्षीय वृद्ध पुरुषको पनि मृत्यु भएको छ । कोरोना देखिएपछि कात्तिक १२ गते आइसोलेसनमा भर्ना गरिएका उनको उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

प्रतिक्रिया