घरेलु मैदानमा आर्सनलसँग हार्यो युनाइटेड
२०७७ कार्तिक १७ गते

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले युनाइटेडमाथि १-० को जित हासिल गरेको हो ।
युनाइटेडको घरेलु मैदान ओल्डटाफोर्डमा सम्पन्न खेलमा आर्सनलका लागि खेलको ६९औ मिनेटमा पिएयरे एमरिक अउबामेयांगले पेनाल्टीमार्फत गोल गरेका थिए ।
यो जितपछि आर्सनलको ७ खेलमा ४ जितका साथ १२ अंक भएको छ भने युनाइटेडको यस सिजनमा ६ खेलमा यो तेस्रो हार हो । युनाइटेड ६ खेलमा ७ अंक बटुल्दै अहिले लिगको १५औ स्थानमा रहेको छ ।
२०७७ कार्तिक १७ गते
प्रतिक्रिया
सम्बन्धित








