बीपी प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । धरान –९ सुनसरीका ६९ वर्षीय पुरुषको शनिवार मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए ।

मृतकमा शनिवार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको शनिवार दिउँसा ३ बजे मृत्यु भएको हो ।

मृतकमा दीर्घरोग उच्च रक्तचापको पनि समस्या रहेको प्रवक्ता श्रेष्ठले बताए ।

प्रतिक्रिया