पार्टी एकता गम्भीर संकटकाे माेडमा छ : विष्णु पाैडेल

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा एकता गम्भीर संकटको मोडमा आइपुगेको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मन्त्री पौडेलले नेकपा गम्भीर संकटकाे माेडमा आइपुगेको बताएका हुन् ।

‘पार्टी एकता सम्पन्न भएसँगै हाम्राे सामु एक वर्षभित्र महाधिवेशन आयाेजना गर्ने र सुदृढ एकताका साथ अघि बढ्ने जिम्मेवारी उपस्थित थियाे, ’ उनले लेखेका छन्, – ‘तर आजसम्म आइपुग्दा पनि पार्टी एकताका बाँकी काम पुरा हुन नसकेकाे मात्रै हाेइन, पार्टीकाे एकिकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेकाे छ । यतिबेला पार्टी एकता गम्भीर संकटकाे माेडमा आइपुगेकाे छ ।’

यस्तै मन्त्री पाैडेलले नेतृत्व तहमा उत्पन्न अन्तरविराेधले पार्टी एकताकाे औचित्य खण्डित हुन नसक्ने भन्दै सहमतिका साथ समाधान खाेज्न र पार्टी एकताकाे रक्षा एवम् विकासका लागि सकारात्मक याेगदान गर्न नेता तथा कार्यकर्ताहरूमा अनुराेध समेत गरेका छन् ।

 

प्रतिक्रिया