कुमारी बैंकले ल्यायो “फोनलोन” नामक नयाँकर्जा सुविधा

काठमाडौँ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधाका लागि फोनलोन नामक नयाँ कर्जा सुविधा प्रदान गरेको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्रीबनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा संचालनमा ल्याएको हो ।

बैंकमा विभिन्न तलबखाता संचालन गरिरहेका ग्राहकहरुले अधिकतम ३० दिनसम्मका लागि अधिकतमरु। १ लाख सम्म कुमारी स्मार्ट मोबाइल बैकिङ्गबाट फोनलोन सुविधा सहजै प्राप्त गर्न सकिन्छ भने कर्जाको लागि कुनैपनि धितो, निवेदन दिन र कानूनी कागजात गरीरहनु पर्ने छैन ।

साथै, ग्राहक हरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न फोनलोन सुविधाबाट अधिकतम लाभ प्राप्त हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ।

देशव्यापी १८४ शाखा, १४४ एटिएम, २१ शाखारहित बैंकिंग इकाई तथा १३ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वित्तिय सेवा सुविधा दिँदै आएको बैंकले आगामी दिनहरुमा आफ्ना सेवाहरुलाई अझ सहज र डिजिटल मैत्री बनाउँदै लैजाने समेत जनाएको छ । ।

प्रतिक्रिया