गैंडाको आक्रमणबाट देवचुलीमा एक पुरुषको मृत्यु
२०७७ कार्तिक १६ गते

प्रतिकात्मक तस्विर
चितवन । पूर्वी नवलपरासीको देवचुलीमा गैंडाको आक्रमणबाट आज (आइतबार) एक जना पुरुषको मृत्यु भएको छ ।
गैंडाको आक्रमणबाट देवचुली नगरपालिका वडा नम्बर १७ कुलेनी निवासी ६५ वर्षीय जंगिलाल मुखियाको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जवाट आएको गैंडाले आइतबार विहान करिब ५:४० बजे मुखियालाई आक्रमण गरेको थियो । खेतमा जाने क्रममा गैंडाको आक्रमणमा परेका उनलाई छिमेकिहरुले उद्दार गरेका थिए । घाइते मुखियाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत सिसवार मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष नेत्रवहादुर पाण्डेले जानकारी दिए ।
२०७७ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








