फ्रेन्च लिग वानमा पीएसजी ३-० ले विजयी
२०७७ कार्तिक १६ गते

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मन (पीएसजी) विजयी भएको छ । गएराति भएको खेलमा पीएसजी नन्टेसमाथि ३-० ले विजयी भएको हो ।
नन्टेसको घरेलु मैदानमा भएको खेलमा पीएसजीको जितका लागि अन्द्रे हेरेरा, केलियन एम्बाप्पे र पाब्लो साराबियाले एक-एक गोल गरे ।
यो जितसँगै पीएसजीले ९ खेल खेल्दै सात खेलमा जित र दुई खेलमा हार बेहोर्दै २१ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा आफूलाई उभ्याएको छ ।
२०७७ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








