प्रिमियर लिगः लिभरपुल शीर्ष स्थानमा
२०७७ कार्तिक १६ गते

काठमाडौं । लिभरपुल प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा वेस्टह्यामलाई २–१ ले पराजित गर्दै लिभरपुल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो ।
घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलको जितका लागि मोहम्मद सलाह र डिओगो जोटाले एक–एक गोल गरे । पाहुना टोली वेस्टह्यामका लागि पाब्लो फोर्नाल्सले एक गोल गरे ।
लिभरपुलले एनफिल्डमा ६३ लिग खेलमा अपराजित रहने कीर्तिमानी बराबरी गरेको छ । यसअघि सन् १९७८ देखि १९८१ मा क्लबले सो कीर्तिमान बनाएको थियो ।
२०७७ कार्तिक १६ गते
प्रतिक्रिया
सम्बन्धित








