कार्तिक १६ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल [भिडियोसहित]

आजको पञ्चाङ्ग
वि.सं.२०७७ साल कार्तिक १६ गते । आईतबार । ईश्वी सन् २०२० नोभेम्बर ०१ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । कार्तिक कृष्णपक्ष । तिथि–प्रतिपदा,३८ घडी २९ पला,बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–भरुणी,३६ घडी ४७ पला,बेलुकी ०८ बजेर ५८ मिनेट उप्रान्त कृतिका । योग–व्यातिपात,५९ घडी ४८ पला । करण–बावल,बिहान ०८ बजेर ३७ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–काल योग । चन्द्रराशि–मेष । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर १५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १७ मिनेट । दिनमान २७ घडी ३६ पला ।

आजको बार बेला ।
बिहान ०६ बजेर १५ मिनेटसम्म उद्वेग बेला ।
बिहान ६ बजेर १६ मिनेटदेखी बिहान ७ बजेर ३८ मिनेटसम्म चर बेला ।
बिहान ७ बजेर ३९ मिनेटदेखी बिहान ९ बजेर ०१ मिनेटसम्म लाभ बेला ।
बिहान ०९ बजेर ०२ मिनेटदेखी बिहान १० बजेर २४ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर २५ मिनेटदेखी बिहान ११ बजेर ४७ मिनेटसम्म काल बेला ।
बिहान ११ बजेर ४८ मिनेटदेखी दिउसो १ बजेर ०९ मिनेटसम्म शुभ बेला ।
दिउसो १ बजेर १० मिनेटदेखी दिउसो २ बजेर ३२ मिनेटसम्म रोग बेला ।
दिउसो २ बजेर ३३ मिनेटदेखी दिउसो ३ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
दिउसो ३ बजेर ५६ मिनेटदेखी बेलुकी ६ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
नोटःशुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृतबेलाको समय पार्नुहोला ।

राहुकाल
दिउसो ०३ बजेर ५५ मिनेटदेखी बेलुकी ०५ बजेर १७ मिनेटसम्म रहने ।

आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) तपाईँबाट राम्रा काम हुने हुनाले आफन्त तथा साथिभाईहरु खुसि हुनेछन् । राम्रा पहिरनमा सजिएर अरुको मन लोभ्याउन सकिनेछ । सिर्जनात्मक काम गरेर आम्दानिका स्रोत बढाउन सकिनेछ । पढाइ लेखाइमा सुधार गरि नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । घर परिवारमा आफन्तसँगै रहेर मिष्टान्न भोजन लिने अवसर मिल्ने हुनाले सबै खुसि रहनेछन् ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो समयदेखि रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइ र आफन्तबाट सहयोग जुटाई राम्रा काम गर्न सकिनेछ । अग्रजहरुको सहयोग पाईने हुनाले उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्द व्यापारबाट मनग्गे फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्धीहरु परास्त हुनेछन् न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । सामाजिक क्षेत्रबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रुपैया पैसा कमाउने काममा सहभागि हुन सकिनेछ । व्यावसायमा प्रसस्त आम्दानि हुने तथा आम्दानिका स्रोतहरु बढेर जानेछ । पैत्रिक धन सम्पति हात लाग्ने योग रहेको छ । दाजुभाईबाट जस्तो सहयोग पाईने हुनाले मन प्रशन्न रहनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले अरु भन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । परिवारका ईच्छाहरु पुरा गर्न सकिने हुनाले मनन प्रशन्न रहनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समाजमा राम्रा काम गर्न सकिने हुनाले मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट तथा बौद्धिक व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कामहरु सम्पादन हुनेछन् । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । धार्मिक तथा आध्यात्मिक भावनाको विकास हुनेछ । सानो प्रयासले भाग्योन्नतिको अवसर आउने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) छोटो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आफन्त तथा परिवारका सदस्यहरु खुसि हुनेछन् । व्यावसायमा भनेजस्तो आम्दानि हुने हुनाले आर्थिक रुपमा सबल होईनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा गरिएको लगानिबाट सकारात्मक नतिजा आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कष्ट भावमा गोचर गर्ने शुभ चन्द्रमाले कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने छ । परिवारजनको साथले नयाँ आशा पलाउने तथा राम्रा काम गर्न सकिनेछ । माया प्रेम,मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइने छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) प्रेममा सफलता प्राप्त हुनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले समयमा नै काम सम्पन्न हुनेछ । सरकारी जागिरेले बढुवा वा सुगम स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । छोटो दुरीको लाभदायी यात्रा हुने योग रहेकोछ । घरायसी काममा समय र धन खर्च हुने समय रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) समयको गतिसँगै बढ्न नसक्दा प्रतिस्पर्धामा अरुभन्दा पछि परिनेछ । तयारि बिनानै महत्वपूर्ण काम शुरु गर्दा बिग्रन सक्छ ध्यान दिनुहोला । खराब संगत तथा गलत सल्लाहले हुन लागेको काम पनि अरुकै हातमा जानेछ । दाम्पत्य जीवनमा सामान्य घटपट आउनेछ भने माया प्रेममा धोका हुन सक्छ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । न्यायिक निर्णयहरु तपाईँको पक्षमा आउने छैनन् ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पढाइ लेखाइमा मन जानेछ भने खोज तथा अनुशन्धानको क्षेत्रमा भनेजस्तो नतिजा निकाल्न सकिनेछ । बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भनेजस्तो आम्दानि हुनेछ । बौद्धिक तथा प्राज्ञिक सभा समारोहमा सहभागि भई गतिलो प्रश्तुति दिने अवसर जुर्नेछ भने आफन्त तथा गुरुवर्गहरु खुसि हुनेछन् । आकश्मिक धन तथा मानव निर्मित र्भातिक सम्पति लाभ हुने योग रहेकोछ । नयाँ ठाउँबाट प्रेम प्रश्ताव आउने तथा आफ्नो मायालुलाई आफ्नै आखा अगाडि देख्न पाउदा मन प्रशन्न हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) राजनीति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ भने सामाजिक काम गरि नाम कमाउन सकिनेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट सन्तोषजनक आम्दानि गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यावसायमा समय लगानि गर्नेहरुले मनग्गे लाभ लिने समय रहेकोछ । माता पिता तथा अग्रजको शुभ आशिर्वादले राम्रा काम गर्न उत्साहित होईनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) यात्रा गर्दा ध्यान दिनुहोला बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नपर्ला । दाजुभाई तथा छिमेकिसँग बिवाद सिर्जना हुनेछ भने घरायसि कुरामा मनमुटाव बढ्नेछ । माया प्रेममा अबिस्वास बढ्ने तथा पति पत्नी बीच राय बाजिनेछ । बाहिरी वातावरणको ख्याल नगर्दा स्वास्थ्य सम्बन्धी समस्या बढ्ने सम्भावना रहेकोछ । पढ्ने लेख्ने वातावरण नहुँँदा अरु भन्दा पछि परिने चिन्ताले सताउनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) ज्ञानगुन र दार्शनिक विषयमा ध्यान जानेछ । कल्पना र भावुकतालाई व्यवहारमा उतार्न आजको दिन अनुकूल हुनेछ । आत्मबलमा अझ बृद्धि हुनाले राम्रा काम गर्न सकिने तथा सन्तुष्टि प्राप्त हुनेछ । विद्यार्थीहरूले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउन सक्नेछन् र अन्य सबैले ज्ञानगुन, अध्यात्म र दर्शनका विषयमा आकर्षण देखाउने छन् । परिवारका साथ मिठो मसिनो भाजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

तपार्ईँको दिन शुभ रहोस् ।

  • ज्यो.डिपी उपाध्याय ।

प्रतिक्रिया