मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त

हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रादेशिक प्रयोगशाला धुलिखेलमा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो ।

मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालका अनुसार मुख्यमन्त्रीलाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ ।

यही कात्तिक ६ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मुख्यमन्त्री हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत छन् ।

मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।

प्रतिकृयाहरु
Loading...