प्रदेश १ कोरोना अपडेट : ३२ जना डिस्चार्ज हुँदा थपिए २२२ नयाँ सङ्क्रमित

विराटनगर । प्रदेश १ मा आज शनिवार २ सय २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । मोरङमा १२६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०५ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५५ महिला र ५० पुरुष छन् ।

मोरङको बुढीगंगामा ५, पथरीशनिश्चरेमा ४, सुन्दरहरैचामा ३, सुनबर्षी, लेटाङ र जहदामा २–२, केराबारी, रङ्गेली र बेलबारीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता सुनसरीको धरानमा ३३, इटहरीमा १२, इनरुवामा ७, बराह क्षेत्रमा ३, बर्जु, गढी र दुहबीमा १–१ जना, झापाको दमक र बिर्तामोडमा ६–६, कनकाईमा ५, मेचीनगरमा ४, बुद्ध शान्ति र भद्रपुरमा २–२, हल्दीबारी र शिवसताक्षीमा १–१ र स्थानीय तह नखुलेका २ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

इलामको इलाम, माई र चुलाचुलीमा १–१, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार १७५ पुगेको छ ।

प्रदेश १ आज ३२ जना डिस्चार्ज भएका छन् । होटेल एशियाटिक आइसोलेसनबाट १४, विराट मेडिकल कलेजबाट ९, न्युरो अस्पतालबाट ५, मेची अस्पतालबाट ३, कोभिड १९ आइसोलेसन केन्द्र रंगेलीबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ८५० पुगेको छ ।

प्रदेश १ मा आज ८०३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १०५ महिला र ११७ पुरुषको रिपोट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५९ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया