एकैदिन थपिए २५०८ कोरोना संक्रमित, १७ जनाले ज्यान गुमाए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९ हजार २७९ नमुना परीक्षण गर्दा २५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

९७६ महिला र १५३२ पुरुषमा थपिएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ ।  पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनामा कारणले मृत्यु भएको स्वास्थ्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ । योसहित नेपालमा अहिलेसम्म ९३७ सङ्क्रमितको मृत्यु भएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भइ घर फर्केका छन् । निको हुनेको संख्या एक लाख ३१ हजार २ सय २२ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया