घिमिरेको अध्यक्षतामा नगर तेक्वान्दो गठन

काठमाडौं । महेन्द्रराज घिमिरेको अध्यक्षतामा ११ सदस्यीय कागेश्वरी मनोहरा नगर तेक्वान्दो विकास समिति गठन गरिएको छ ।

कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिका अध्यक्ष रामप्रसाद पुडासैनी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का लगायतको उपस्थितिमा भएको भेलाले समिति गठन गरिएको बताइएको छ ।

नवगठित समितिको उपाध्यक्षमा राजकुमार श्रेष्ठ, सचिवमा चन्दु शाही र कोषाध्यक्षमा राजन थापा रहेका छन् । तृप्ति बुढाथोकी, सन्दिपजंग बस्नेत, प्रवीण श्रेष्ठ, पुष्पप्रसाद गौतम, प्रशन्न पुडासैनी, दुर्गामान तामाङ र आयुश बोहरा सदस्यमा चयन भए ।

प्रतिक्रिया