वीपी प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु
२०७७ कार्तिक १५ गते

काठमाडौं । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । झापाको गौरीगञ्ज गाउँपालिकाका ७३ वर्षीय पृुरुषको आज बिहान ६ः४५ बजे उपचारका क्रममा मृत्यु भएको हो ।
उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा कात्तिक ७ गते भर्ना गरिएको थियो । प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृतक मुटुसम्बन्धी दीर्घ रोगी थिए ।
मृतकको शवको नियमानुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।
२०७७ कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित









