टर्की र ग्रीसमा शक्तिशाली भूकम्पको धक्का

एजेन्सी । ग्रीक टापु सेमोसदेखि उत्तरमा पर्ने टर्कीकी इजिआन तटीय क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ।

अमेरिकी भूगर्भ निकायका अनुसार सात म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको छ।

हालसम्म हताहतीबारे कुनै खबर प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएको बीबीसीले जनाएको छ ।

टर्कीमा भूकम्प गइरन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।

प्रतिक्रिया