अज्ञात समूहको छुरा प्रहारबाट काठमाडौँमा एक युवकको मृत्यु

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका ५ मा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार टोखा नगरपालिका ५ धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट शुक्रबार बिहान मृत्यु भएको हो ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा गम्भीर घाइते भएका मगरको चिरायु अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया