मदन भण्डारी फाउन्डेसन क्षेत्रीय कमिटीको अध्यक्षमा कँडेल

चितवन । चितवन क्षेत्र नम्बर १ मा मदन भण्डारी फाउन्डेसन क्षेत्रीय कमिटी गठन गरिएको छ । क्षेत्रीय कमिटीको शुक्रबार वीरेन्द्रनगरमा भएको भेलाले गोविन्द प्रसाद कँडेल अध्यक्षतामा ३३ कार्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षहरुमा निर्मल श्रेष्ठ, सजना महतो, सीता भेटवाल, मुकुन्द दवाडी, भरत भण्डारी, सचिवमा गोमनसिंह लामा, कोषाध्यक्षमा नगेन्द्र उप्रेती र सह-सचिवमा कारिराम चौधरी चयन भएको मदन भण्डारी फाउन्डेशन राप्ती नगर प्रचार विभाग संयोजक प्रकाश कालाखेतिले जानकारी दिए ।

कमिटिको सल्लाहकार समितिमा संयोजक यादव पाठक चयन हुँदा सदस्यहरु मुकुन्द दाहाल, प्रेम दवाडी, सिताराम पोखरेल, प्रदीप डल्लाकोटी, आनन्द दराई, श्रीधर उप्रेती, आइपी लामिछाने सर्वसम्मत चयन भएका छन् । मदन भण्डारी फाउन्डेशन चितवनका उपाध्यक्ष भिम पुनको अध्यक्षता तथा नेकपा केन्द्रिय कमिटी सदस्य तथा अनेम संघ सह-संयोजक सीता पौडेलको प्रमुख आतिथ्यतामा भेला भएको थियो ।

नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा मदन भण्डारी फाउन्डेसन चितवनका संस्थापक अध्यक्ष जे.एन थपलिया, नेकपा बागमती प्रदेश सचिवालय सदस्य तथा बागमती प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, नेकपा चितवन जिल्ला कमिटी कार्यालय सदस्य तथा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति माननीय पार्वती रावल, मदन भन्डारी फाउन्डेसन चितवनका अध्यक्ष त्रिचन्द्र भट्टराई लगायतको उपस्थितिमा फाउन्डेसन क्षेत्रीय कमिटी गठन गरिएको थियो।

प्रतिक्रिया