शिक्षण अस्पताललाई तरुण दलको सहयोग

काठमाडौं । नेपाल तरुण दलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई सहयाेग गरेकाे छ ।

काेराेना उपचारमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरूलाई संक्रमणबाट जाेगाउन तरूण दलले उपकरणहरु सहयोग गरेको हाे । संक्रमितको उपचारमा खटिने स्वास्थ्यकमर्मीका लागि तरुण दलले मास्क, पीपीई, फेस सिल्ड लगायतका उपकरण उपकरणहरू उपलब्ध गराएको अध्यक्ष जीतजंग बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

६८ औं स्थापना दिवसमा सहयोग गरिएको बताइएकाे छ ।

प्रतिक्रिया