अवैध लागूऔषधसहित ७ जना पक्राउ

काठमाडौं । भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-२ बालकोटस्थित सडकबाट अवैध लागूऔषध करिब ५० ग्राम पोल्याण्ड सहित सोही ठाउँ सिरुटार बस्ने २७ वर्षीय उज्वल श्रेष्ठ लगायत ३ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले प्रदेश ३-०२-००३ प ४८०७ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा उनीहरूको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै मोरङकाे सुनवर्सी नगरपालिका-८ हरिचनगडीस्थित सडकबाट नियन्त्रित लागूऔषध १० बोतल कोरेक्स र १ सय ५० पिस नाइट्राभेट ट्याब्लेटसहित सुनवर्सी नगरपालिका-९ डाइनिया बस्ने ३४ वर्षीय मोहमद फारुक आलमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका आलमलाई प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

यसैगरी मोरङ उर्लाबारी नगरपालिका-५ मधुमल्लारोडस्थित सडकबाट नियन्त्रित लागूऔषध ६० पत्ता ट्रामा हाईड्रोक्लोरिक क्याम्सुलसहित बेलबारी नगरपालिका-१ बस्ने १९ वर्षीय सुजन लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले बा।६७ प ९२०० नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा चालक लिम्बुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी मोटरसाइकलसहित पक्राउ गरेको हो ।

उता कैलालीकाे धनगढी उपमहानगरपालिका-१० बस्ने भतिज भन्ने २४ वर्षीय राम निवास रानालाई अवैध लागूऔषध २५ ग्राम ४ सय मिलिग्राम खैरो हिरोइन सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागू औषध किनबेच गरेको भन्ने बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्दा उनको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

बाँके, नेपालगञ्ज उपमहानगरपालिका-३ एकलैनीस्थित सडकबाट अवैध लागूऔषध ६ ग्राम ब्राउन सुगर सहित भारत जिल्ला लक्षिमपुर थाना बस्ने २१ वर्षीय आरिफ बन्जरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले लुकाई ल्याएको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया