राष्ट्रिय फुटबल टोलीका अर्का एक खेलाडीमा कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका थप एक खेलाडीमा काेराेना संक्रमण देखिएकाे छ ।

बिहीबार थप एक खेलाडीलाई कोरोना संक्रमणको पुष्टि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएकाे हाे ।

बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जनामा बिहान मात्रै काेराेना संक्रमण पुष्टि भएकाे थियाे । थप एक जनामा संक्रमण देखिएसँगै प्रशिक्षणमा बाेलाइएका संक्रमित खेलाडीकाे संख्या पाँच पुगेकाे छ । कोरोना देखिएका सबै खेलाडी सेल्फ आइसोलेसनमा छन् ।

नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल २८ कात्तिकमा र दोस्रो मैत्रीपूर्ण खेल २ मंसीरमा खेल्ने तय भएको एन्फाले जनाएको छ ।एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखेको छ ।

प्रतिक्रिया