सुनको मूल्य घट्यो, आज कारोबार कतिमा ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहिबार सुनको मूल्य तोलामा ९४ हजार ७ सयमा कारोबार भएकोमा आज भने तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार रहेको छ ।

आज चाँदीको मूल्य प्रतितोला ११ सय ८० रुपियाँ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया