मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

महोत्तरीमा तीन जनामाथि सांघातिक आक्रमण

महोत्तरी । महोत्तरीमा तीन जनामाथि सांघातिक आक्रमण भएको छ।

महोत्तरीको मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डलको उपस्थितिमा विजया दशमीको राती सांघातिक आक्रमण भएको बताइएको छ।

आक्रमणमा परी नेकपाबाट महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यका प्रत्यासी रहेका मटिहानी नगरपालिका ८ का ५७ वर्षीय विजय चौधरी, सोही ठाउँका ४८ वर्षीय जीतेन्द्र चौधरी र वडा नम्बर ७ का ५३ वर्षीय गणेशप्रसाद साह घाइते भएका छन्।

घाइते मध्ये विजय चौधरी दुई दिन उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । अन्य दुई जनाको अवस्था गम्भिर रहेकाले काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ।

विजया दशमीको राती मटिहानी नगरपालिका ७ मा दुई पक्षबीच विवाद भएको थियो। विवाद साम्य पार्न प्रहरीको टोली पुगेको थियो । प्रहरी टोलीमाथि हातपात हुनथालेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीयले बताएका छन् । तर प्रहरीले भने यसबारे केही खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।उनले घटनाका बारेमा विस्तृत जानकारी नभएको बताए ।

प्रतिकृयाहरु
Loading...