राखेप : प्रशासन विभागका विभागीय प्रमुख थापालाई कोरोना संक्रमण

काठमााडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना भाइरस (कोभिड– १९) संक्रमण भएको छ ।

सामान्य लक्षण देखिएपछि थापाले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए ।

सोको रिपोर्ट पोजेटिभ आएको थापा स्वयंले पुष्टि गरेका छन् ।

संक्रमण पुष्टि भएपछि थापाले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत आग्रह गरेका छन् ।

थापा कलंकीस्थित निवासमा ‘होम आइसोलेसन’ मा रहेका छन् ।

 

प्रतिक्रिया