काठमाडौंका सिडिओलाई कोरोना संक्रमण
२०७७ कार्तिक १३ गते

प्रजिअ जनकराज दाहाल। तस्वीरः सागरबाबु भट्ट, मकालु खबर।
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पिसीआर परीक्षणका लागि स्वाब दिएकोमा आज पोजेटिभ रिपोर्ट आएको हो।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार दाहालले आफू र श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएको र होम आइसोलेसन बसेको जानकारी गृह मन्त्रालयमा दिएका छन्। टाउको दुख्नेबाहेक अन्य लक्षण नदेखिएको उनले बताएका छन् ।
२०७७ कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित









