मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

प्रदेश १ कोरोना अपडेट :  १३४ कोरोना सङ्क्रमित थपिदा, ७० डिस्चार्ज 

विराटनगर। प्रदेश १ मा आज (बिहीबार) १३४ जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरङमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरङको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा र बेलबारीमा १–१ र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको भद्रपुर र बिर्तामोडमा ८–८, मेचीनगर र कनकाईमा ३–३, शिवसताक्षीमा २, बुद्ध शान्ति, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३, तेह्रथुमका १ र प्रदेश १ बाहिरका ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३८४ पुगेको छ  । मन्त्रालयका अनुसार  प्रदेश १ मा आज ७० जना डिस्चार्ज भएका छन् । कालि सदन आइसोलेसन र मारवाडी सेवा सदन आइसोलेसनबाट २५–२५, बैजनाथपुर आइसोलेसन र विराट मेडिकल कलेजबाट १०–१० जना डिस्चार्ज भएका हुन ।

हालसम्म १० हजार १७९ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा आज ४४२ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६४ महिला र ७० पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ५६ हजार ९८८ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिकृयाहरु
Loading...