चाैरसिया हत्या प्रकरण : नेकपाका ३७ नेताले भने- ‘हत्यारालाई कारवाही होस्’

काठमाडौं । सत्तारूढ नेकपाकाे पर्साका कार्यकर्ता मुकेश चाैरसिया हत्या प्रकरणमा संलग्नलाई कारवाहीकाे माग गर्दै नेकपा स्थायी कमिटी सदस्य मातृका यादवसहित ३७ जना सदस्यले संयुक्त विज्ञप्ति निकालेका छन् ।

पर्साको बिन्दबासिनी गाउँपालिकाका सचिव चौरसियाको गत कात्तिक ६ गते पार्टीको सपथ कार्यक्रममा हत्या भएकाे थियाे ।घटनामा संलग्न व्यक्तिको नाम समेत राखेर किटानी जाहेरी दिँदा समेत प्रहरीले जाहेरी समेत लिन मानेकाे थिएन । नेकपा नेताहरु मातृका यादव, विश्वनाथ साह, नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत ३७ जनाले विज्ञप्ति निकालेका हुन् ।

जिल्ला प्रहरी कार्यालयले पीडितको जाहेरीसमेत दर्ता गर्न नमानेको भन्दै उनीहरुले प्रहरीले नै कानुनी राज्यको खिल्ली उडाएको जिकीर गरेका छन् । प्रहरी आफ्नो कर्तव्यबाट च्युत भएको उनीहरूकाे ठहर छ ।

 

 

 

 

प्रतिक्रिया