ओली-दाहालबीचकाे मनमुटावले नेकपा महाधिवेशन अनिश्‍चित

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्षद्वयबीच सहमति हुन नसक्दा महाधिवेशन अनिश्चित बनेकाे छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि ओली-दाहालबीच बढेकाे दुरी घट्न सकेकाे छैन । उनीहरूबीच  विगत एक सातादेखि ओली र दाहालबीच संवाद समेत हुन सकेकाे छैन । ओली र दाहालबीचकाे बढ्दाे दुरीले महाधिवेशन अनिश्चित बनेकाे हाे ।

केन्द्रीय कमिटीको दोस्रो बैठकले चैत २५ देखि ३० मा एकताको राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न गर्ने निर्णय गरेकाे थियाे । साे निर्णय अनुसार त्यसमाथि थप तयारीका लागि स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको थियो । महाधिवेशनसम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने स्थायी कमिटीको निर्णयमा थियो ।

ओली र दाहालबीचकाे मनमुटावले केन्द्रीय कमिटीको बैठक प्रभावित भएलगतै त्यहाँबाट गर्ने भनिएका काम रोकिने र त्यसले महाधिवेशन अनिश्चत् गराउने केही नेताहरुको आंशका छ । केन्द्रीय कमिटीको बैठक अगाडि सचिवालयले महत्वपूर्ण निर्णय लिनुपर्ने भए पनि पार्टीभित्र बढ्दो अविश्वासले सचिवालय बैठक समेत सम्भव देखिएकाे छैन ।

प्रधानमन्त्री ओलीले पार्टीभित्रका निर्णय तथा नियमहरू उल्लंघन गर्न थालेपछि प्रचण्ड असन्तुष्ट छन् । कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता भएपछि पार्टीभित्रैका अधिकांश नेताहरूले उनकाे विराेध गरेका थिए ।

यद्यपी प्रधानमन्त्री प्रेस सल्लाहकार सूर्य थापाले भने भेटवार्ताका क्रममा गाेयलले नेपाल-भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेकाे बताएका थिए ।

प्रतिक्रिया