पीएसजीको जितमा मोइस कीनको दुई गोल, चेल्सीको पनि फराकिलो जित

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) विजयी भएको छ । गएराती सम्पन्न खेलमा पिएसजीले इस्तानबुल बासाकसेहिरलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा मोइस कीनले दुवै गोल गरेका थिए । कीनले खेलको ६४ र ७९औ मिनेटमा गोल गरेका थिए । कीनले गरेका दुवै गोल किलियन एम्बाप्पेले असिस्ट गरेका थिए ।त्यस्तै समुह एचमा म्यानचेस्टर युनाइटेडले आरबी लेइपजिंगविरुद्ध ५-० गोल अन्तरको जित हासिल गरेको छ । युनाइटेडको जितमा मार्कस राशफोर्डले ह्याट्रिक गरेका छन् । त्यस्तै मासन ग्रीनवूड र एन्थोनी मार्सियलले एक एक गोल गरेका थिए ।

गएरातीका खेलपछि समुह एचमा म्यानचेस्टर युनाइटेडको २ खेलमा ६ अंक रहेको छ भने पिएसजीको २ खेलमा ३ अंक रहेको छ । त्यस्तै आरबि लेइपजिंगको २ खेलमा ३ अंक रहेको छ भने इस्तानबुल बसाकसेहिरको २ खेलमा दुवै हारेको छ ।चेल्सीको फराकिलो जित
यस्तै लिग अन्तर्गत अर्काे खेलमा प्रिमियर लिग क्लब चेल्सीले क्रास्नोडरमाथि ४–० को फराकिलो जित निकालेको छ । चेल्सीको जितमा कलुम हडसन ओड़ोइ, टिमो वेर्नर, हाकिम जिएच र क्रिस्टियन पुलिसिकले एक–एक गोल गरेका थिए ।

खेल क्रास्नोडरको घरेलु मैदानमा भएको हो । यस जितसँगै च्याम्पियनस लिगको समूह ईमा रहेको चेल्सीले दुई खेलबाट चार अंक जोडेको छ । चेल्सीले पहिलो खेलमा बराबरी खेलेको थियो भने दोस्रो खेलमा जित निकालेको हो । पराजित क्रास्नोडोरको भने एक अंक छ ।

प्रतिक्रिया