मुम्बई इन्डियन्ससँग बैंगलोर पाँच विकेटले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्स विजयी भएको छ । आबुधाबीमा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले पराजित गर्दै मुम्बई विजयी भएको हो ।

यूएईको शेख जायद क्रिकेट स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको बैंगलोरले दिएको १६५ रनको लक्ष्य मुम्बईले १९ ओभरमै भेटेको हो । साविक विजेता मुम्बईको जितमा सूर्यकुमार यादवले अविजित रहदै ७९ रनको योगदान दिए । इशान किसन २५, क्विनटन डी कक १८ र हार्दिक पाण्डेयले १७ रन बनाउँदा कुर्नाल पाण्डेयले १० रनमा समेटिए ।​ बैंगलोरका युजभेन्द्र चाहल र मोहमद सिराजले २र२ र क्रिस मोरिसले १ विकेट हात पारे ।

पहिलो ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ६ विकेट गुमाएर १६४ रन बनाएको थियो ।​ बैंगलोरका लागि ४५ बलमा १२ चौका र १ छक्काको मद्दतले देबदुत पडीकलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले । जोस फिलिप ३३, एबी डी भिलियर्सले १५, गुर्किरात सिंह १४, वासिङ्गटन सुन्दर १० रनमा समेटिँदा कप्तान विराट कोहलीले ९ रनमात्र बनाए । मुम्बईका जस्प्रित बुम्राहले ३, राहुल चाहर, केइरन पोलार्ड र ट्रेन्ट बोल्टले १-१ विकेट लिए ।

मुम्बईले १२ खेलमा आठौं जित निकाल्दै १६ अंक जोडेको छ । ऊ शीर्ष स्थानमा कायम छ । दोस्रो स्थानको बैंगलोरले भने १२ खेलमा १४ अंक जोडेको छ । बैंगलोरसँग समान अंक भए पनि दिल्ली रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

प्रतिक्रिया